KB · Hymns · #511
आछुछुछु भयो नि जाड़ो स्वर सबैले खोलौँ साह्रो
Dm4/4
Chorus
आछुछुछु भयो नि जाड़ो, स्वर सबैले खोलौँ साह्रो (२)
हुँदैन कसैलाई गाउन गाह्रो, (जन्मे गोठमा प्रभु हाम्रो) (२)
Verse
गरीब गोठाला दर्शनमा आए, येशूलाई भेटी औधी रमाए (२)
पाप क्षमा जीवन पाए (२), सबैको लागि नै मुक्तिदान ल्याए (२)
Verse
स्वर्गलाई छोड़ी जगमा आए, रुचाए गरीब गाईको गोठ नै (२)
दिएनन् कैले ठाउँ तपाईंलाई (२), आफ्नैले लत्याए हजुरलाई (२)