प्रभु तपाईंको प्रेमको उज्यालो
A4/4
Verse
प्रभु तपाईंको प्रेमको उज्यालो
चम्किरहेछ जहाँ छ अँध्यारो
येशू तपाईंको वचनको तेजले
जीवन हाम्रो स्वतन्त्र गराउनोस्, ममा चम्कनोस् ।
Chorus
चम्कनोस्, चम्कनोस् येशू
यस देशलाई पिताको महिमाले ढाक्दै दन्काउनोस् आत्मा
हाम्रो हृदयमा आगो जलाउँदै बगाउनोस् नदी
यस देशमा अनुग्रह र दयाको बाढ़ी पठाउनोस् र यहाँ होस् उज्यालो
Verse
प्रभु, म आउँछु तपाईंकहाँ, अन्धकारबाट उज्यालोमा
तपाईँको रगतले मलाई भित्र्याउनोस्
खोज्नोस्, खार्नोस, अन्धकार हटाउनोस्
ममा चम्कनोस्, ममा चम्कनोस् ।
Verse
जब हेर्छौं राजकीय उज्यालो
हाम्रो अनुहार हुन्छ तपाईंको जस्तो
महिमाबाट महिमामा बद्लन्छौँ
हाम्रो जीवनले तपाईंलाई चिनाउँछौँ, ममा चम्कनोस् ।