KB · Hymns · #424
जाँदैछु येशूकहाँ हल्लेलूयाह भन्दै
F6/8
Chorus
जाँदैछु येशूकहाँ, हल्लेलूयाह भन्दै
(बोलाउँदैछ हामीलाई पवित्र वचनले) (२)
Verse
हे दाज्यू-भाइ, हे दिदी-बहिनी नभूल त्यो घरलाई (२)
जाऔँ हामी सबै जय जय गाउँदै, पापलाई त्यागेर (२)
Verse
रमाहट गर्दै, स्तुति गाउँदै अनन्त घरैमा (२)
जहाँ स्वर्गदूतगण जय जय गाउँछन् येशूको छेवैमा ।
Verse
जहाँ न तिर्खा-भोक आदि, जहाँ न दिन न रात (२)
बसौँला माथि स्तुति गर्दै येशूको छेवैमा ।