प्रभु म तिमीलाई नीहार्छु
Verse
प्रभु, म तिमीलाई नीहार्छु, नीरव छ जीवन यहाँ मेरो जहीँ-तहीँ पाउँछु निराशा
यहाँ आई मलाई डोर्याइदेऊ, नीलो आकाशको गहिराइझैँ
आनन्दको असीम गहिराइ बीच, प्रभु तिमीलाई म अँगाल्दछु सधैं सधैं ।
Chorus
हल्लेलूयाह (४) छोड्ने छैनौ मलाई दुःखमा
शत्रुहरूको भीडमा एक्लै (२) गाउँछु आनन्दसहित हल्लेलूयाह, हल्लेलूयाह (२)
Verse
यौवन र सौन्दर्य सबौ हाँसो र उल्लास सँगसँगै, लुप्त हुनेछन् चिसो शीतझैं
मेरो जीवन छ यहाँ उड्नै लागेको बाफजस्तै,
अपनाइदेऊ निस्सार यस जीवनलाई, प्रभु, तिमीलाई म अँगाल्दछु सधैं सधैं ।
Verse
पृथ्वीका सब कुनातिर बढे मेरा पाइलाहरू, खोज्दै आनन्दका गोरेटाहरू
बहाएँ झरी आँसुको पाएँ सट्टामा पीरहरू,
अन्तमा ख्रीष्टले पुछे आँसुहरू र नै प्रभुलाई म अँगाल्दछु सधैं सधैं ।