KB · Hymns · #673
शुभकामना शुभकामना शुभकामना दुलहा र दुलही
A3/4
Chorus
शुभकामना (३) दुलहा र दुलही दुवैलाई (हाम्रो छ शुभकामना) (२)
शुभकामना (३) दुलहा र दुलही दुवैलाई ।
Verse
एकलै रहन मानिस हुँदैन भनी प्रभुले सोचेका
नर र नारी कति सुहाउँदो गरी उनैले सृजेका
आजका जोडी यी दुइलाई राख्छौँ तपाईंको हातमा
अर्पन्छौ हामी भेट्नुहोस् प्रभु पवित्र नजरमा
Verse
दुःख र सुख जे जस्तो हुनेछ नछुट्दा शरीरमा
घमण्ड र इर्ष्या कहिल्यै नहोस् यो नयाँ परिवारमा
आशिष्को झरी होस् सधैँभरि दुवैको जीवनमा
पवित्र जीवन जिउन सकूँन् प्रभुको अधिनमा