KB · Hymns · #612
येशू तिम्रो धार्मिकताको वस्त्र पहिर्याऊ मलाई
A3/4
Chorus
येशू तिम्रो धार्मिकताको वस्त्र पहिर्याऊ मलाई (२)
नाङ्गिएझैँ लाग्यो संसारमा तिम्रो प्रेम विना
Verse
काँड़ैकाँड़ा र चोटहरू आफैले बुनेका पिरहरू (२)
यस्तै यस्तै मनका कुराहरूमा म आफै फँसेको छु
तिम्रो शिरको काँड़ा र चोटहरूको बलिदान भुलेको छु
येशू मेरो पश्चात्तापी हृदय लिनुहोस्, धुनुहोस् फेरि मलाई
पवित्र तिम्रो रगतले ।
Verse
जिन्दगीका उकालीहरू मनका हजारौँ धोकोहरू (२)
जहाँसम्म डुबेँ दलदलहरूमा निस्सासिलो जिन्दगी भोगेँ
येशू तिम्रो सत्यताको आभास देऊ मलाई
भत्काई फेरि मलाई मन पर्दो भाँड़ो बनाउ मलाई ।