KB · Hymns · #61
उदाए दिव्य उद्धारक धरतीको अन्धकारमा
A3/4
Chorus
उदाए दिव्य उद्धारक धरतीको अन्धकारमा
ज्यातिर्मय ख्रीष्ट उदित भए मुक्तिको प्रकाश लिएर (२)
Verse
घोर अन्धकारमा ज्योतिविहिन भई हजारौं ठोकर खाई,
बाटो भुलेका व्याकुल निराश निर्बल यात्रीलाई,
बाटो देखाई, पाउ डोहर्याई पुर्याउन परमेश्वरकहाँ
दिव्य उद्धारक ज्योतिमय प्रकाश उदाए यस धरतीमा ।
Verse
चिन्ता र पीरको भारले दबेको जगतको सुनी चीत्कार,
पाप, दुर्गन्धमा निस्सासिएको आत्माको गर्न उद्धार,
मानवतालाई हराइसकेको जीवनको गर्न सुधार
उदाए तारक, प्रकाशमय तारक, बचाउन संसार सारा ।
Verse
परमप्रभुले करुणाले गर्दा प्रदीप्त ख्रीष्ट पठाए,
संसारले अन्धा पारेको आँखा खोल्नलाई ख्रीष्ट आए,
अन्धकारबाट ज्योतितिर नै फर्काउन ख्रीष्ट उदाए
शैतानको बन्धनबाट उम्काउन प्रतापमय ख्रीष्ट जन्मे ।
Verse
महान् प्रभुको करुणा पाउने योग्य म थिइनँ
म पापको रोगी नरक जानाले हुन्थ्यो स्वर्ग शून्य ?
किन प्रभुले मलाई खूब खोजे ? किन महिमा दिन ?
अवाक् म हुन्छु अनुग्रह देखी, नझुकी म सक्तिनँ ।