KB · Hymns · #563
यो धर्ती खेर नजाओस्
D2/4
Chorus
(यो धर्ती खेर नजाओस् तिम्रो आशिषित जीवनले) (२)
(पहारामा फुल्ने सुनगाभाजस्तै) (२)
(पवित्र बनोस् जीवनको गाथा) (२)
Verse
(ढुङ्गा पनि एक दिन माटो बन्नेछ,
संसार पनि एक दिन हराइजानेछ) (२)
(तर आत्मा कहिल्यै बिलाउने छैन) (२)
पवित्र बनून् ती आत्माहरू,
यही छ सन्देश, यही कामना ।
Verse
(उड़िजाने बादलुको के भरोसा,
छोडिजाने समयको के भो’ र आशा) (२)
(तर आशा राख ख्रीष्ट येशूमाथि) (२)
अनन्तको जीवन पाउन,
स्वर्गको त्यो राज्यमा बस्न ।
यही छ सन्देश, यही कामना ।
स्वर्गीयको त्यो राज्यमा बस्न ।