KB · Hymns · #557
लौ उठौँ युवा हो
E6/8
Chorus
लौ उठौँ, युवा हो, उठौँ, प्रकाशमान भई उठौँ
अँध्यरोमा हिँड्नेलाई जीवनको बाटोमा डोर्याऊँ
लौ उठौँ, युवा हो, उठौँ, प्रकाशमान भई उठौँ
Verse
(काटीएको चङ्गाझैँ लक्षविहीन उड्नेलाई
भविष्य बन्धक राखी कुलतमा रम्नेलाई) (२)
लौ उठौँ, युवा हो, उठौँ, जागृतिको ज्वाला लिई
जीवनको अर्थ के हो, स्वादिलो नुन बनी बुझाऔँ ।
Verse
(येशू हुन् हाम्रो उचाइ, येशू नै गन्तव्य पनि
उनी नै हाम्रो वर्तमान, भविष्य पनि उनै) (२)
लौ उठौँ, युवा हो, उठौँ, सगरमाथा भई उठौँ,
येशूलाई महिमा दिन लौ हामी एक भई जुटौँ ।