KB · Hymns · #613
लौ हेर पूर्व क्षितिज
C3/4
Chorus
लौ हेर पूर्व क्षितिज चम्किलो तारा चम्क्यो,
(जन्मे मुक्तिदाता येशू बेथलेहेम शहरमा) (२)
Verse
थर्थरी काम्ने गोठालाबीच स्वर्गदूत पहिले गए,
प्रशंसा गर्दै येशू जन्मेको खबर तिनलाई दिए) (२)
गोठालाहरू हर्षले भरे दौड़िए गोठैमा
(लौ हेर सानो डुँड़मा येशू देखेर रमाए) (२)
Verse
ज्योतिषीहरू पूर्वबाट खोज्दै तारालाई पछ्याए,
(यहूदीको राजा जन्मेको कहाँ सोध्दै पछ्याए) (२)
हेर त्यो तारा पूर्वमा देखिने अडियो गोठैमा
(गोठैमा देखे मरियमको साथ बालक येशूलाई) (२)
लौ हेर इम्मानुएल ईश्वर हामीसित
(रमाऔँ आज खुशीले गाऔँ मुक्ति छ हामीसित) (२)