KB · Hymns · #202
आऊ येशूकहाँ आजै हे भाइ
G4/4Translated
Verse
आऊ येशूकहाँ आजै, हे भाइ, उनको निम्तो छ अहिले नै
ख्रीष्ट नजीक छन् आशिष् दिनलाई, भन्दछन् मकहाँ आऊ
Chorus
आनन्द-आनन्द गरौला सधैँ, खुशी हौँला जब निष्पापी भई
बसौँला नित्य सँग येशूकै अनन्त घरैमा
Verse
हे पापी आऊ, प्रभुको बात सुनी, समाऊ हात
आउँछन् जो उनकहाँ सब पाउँछन् सुख, काटिन्छन् तिनका दुःख
Verse
आऊ येशूकहाँ विचार गर भाइ छन्, उनी नजीक वर दिनलाई
आऊ, सब छिटो येशूकहाँ आऊ आशिष् सधैँको पाऊ