KB · Hymns · #51
मुक्तिदाता तारणहार येशू जन्मे
D73/4
Chorus
मुक्तिदाता तारणहार येशू जन्मे, येशू जन्मे
Verse
गोठालाहरू माझमा, अचानक देखा परे,
स्वर्गदूत यसो भन्दै, जन्मे प्रभु गोठैमा (२)
Verse
उदेकको तारालाई हेर्दै ज्योतिषी पनि आउन लागे,
बेथलेहेमको गावैँमा दर्शन गर्न प्रभुको (२)
Verse
सुनाऊ दाज्यू, भाइ, बहिनी, सुसन्देश सारा जगत्मा,
तारणहारको जन्म भो’ आनन्द मनाऊ सबैले (२)