पापको भारदेखि के छुट्न माग्छौ
G4/4
Verse
पापको भारदेखि के छुट्न माग्छौ ? ख्रीष्टको रगतमै छ शक्ति नै
शैतानमाथि जयवन्त हुन खोज्छौ ? उदेक शक्ति छ रगतमा ।
Chorus
भन जय, जय उदेकको शक्ति छ रगतमा, रगतमा
भन जय, जय उदेकको शक्ति छ येशूको अमोल रगतमा
Verse
पापको घमण्डलाई के छोड़्न माग्छौ ? ख्रीष्टको रगतमै छ शक्ति नै
कलवरी क्रूसनिर शुद्ध हुन आऊ, उदेक शक्ति छ रगतमा ।
Verse
हिउँभन्दा सफा के हुन माग्छौ ? ख्रीष्टको रगतमै छ शक्ति नै
रगतमा पाप आफ्ना पखाल्न जाऊ उदेक शक्ति छ रगतमा ।
Verse
के येशू राजाको सेवा गर्छौ ? ख्रीष्टको रगतमै छ शक्ति नै
के ख्रीष्टको जय सधैँ गर्न माग्छौ ? उदेक शक्ति छ रगतमा ।