KB · Hymns · #389
अघि बढ़ौँ हे ख्रीष्टीय दाज्यू भाइ हो
G6/8
Chorus
अघि बढ़ौँ (२), हे ख्रीष्टीय दाज्यू-भाइ हो
अघि बढौँ (२), हे ख्रीष्टीय दिदी-बहिनी हो
Verse
मुक्ति ता हामीले पाइसक्यौँ, आफूमा मात्र सीमित नराखौँ
तृषित आत्मा हजारौँ छन्, ती आत्माहरूको उपकार गरौँ (२)
Verse
कर्तव्य के हो सम्झी-बुझी क्रूसलाई सधैँ अगि राखी
प्रभुको वचन प्रचार गरौँ, यसैले हाम्रो कम्मर कसौँ (२)
Verse
समयमै हामी बीउ छरौँ, पछि नै हामी कोशेली बटुलौँ
प्रभुको आगमन नजीकै छ, यसकारण सधैँ तयार बसौँ (२)