KB · Hymns · #844
कुनै कुराको फिक्री नगर
D3/4
Verse
कुनै कुराको फिक्री नगर, हरेकमा प्रार्थना गर
बिन्तीद्वारा मागहरू जाहेर गर, प्रभुलाई धन्य भन
Chorus
सारा हृदयले विश्वास गर, आफ्नै समझमा भर नपर
सबै कुरामा प्रभु सम्झ, प्रभुले तिमीलाई डोर्याउनेछन्
Verse
अनेकौं परिक्षाहरूमा पर्दा, यसलाई पूरा आनन्द सम्झ
यो जानेर तिम्रो विश्वासको जाचले, धैर्य उत्पन्न गर्छ
Verse
नडराऊ, म तिम्रो साथैमा छु, तिमीलाई मद्दत गर्छु
म हुँ तिम्रो परमेश्वर निराश नहोऊ, धर्मिकतामा सम्हाल्नेछु