KB · Hymns · #83
येशू वरदानको मूल-धारा
G73/4
Verse
येशू वरदानको मूल-धारा, गरूँ योग्य प्रशंसा
दया-खोला लगातार बगिरहेछ ममा
स्तुति गर्न दिनोस् मलाई स्वर्गदूतले गरे झैँ
प्रभु ख्रीष्टको प्रेम र भलाइ छ अगाध अपार सधैँ ।
Verse
यतिञ्जेल मेरो उद्धारक तपाईं हुनुभो’ आफै
राखी “एवेन्एजर” स्मारक अघि बढ़्छु स्वर्गमै
बगाल छोड़्ने भेड़ाजस्तो मलाई खोजे येशूले
नाशदेखि बचाउन आफ्नो अमोल रगत बहाए ।
Verse
ईश्वरको अनुग्रह हेरी ऋनी आफूलाई ठान्छु
त्यो अनुग्रह साङ्गलोसरी बाँधोस् चञ्चल मन मेरो
आफ्नै सुरमा जान खोज्ने मन छ मेरो, छैन स्थिर
लिनोस् मन, हे लिनोस् प्रभु, स्वर्गको लागि राख्नोस् दृढ़ ।