पहाड़मा फुल्ने फूल लताहरू कति राम्रा छन्
E4/4
Verse
पहाड़मा फुल्ने फूल-लताहरू कति राम्रा छन्
पहाड़बाट खस्ने हिम नदीहरू कति चोखा छन्
पहाड़लाई सृष्टि गर्ने प्रभु अझ कति महान् छन् (२)
Chorus
म महान् प्रभुको सृजना, म महान् प्रभुको विपना
म सधैँ गर्छु महान् प्रभुको, महान् प्रभुको महिमा
Verse
पृथ्वीमा हिँड़्ने पशु-प्राणीहरू कति अचम्मका छन्
पानीमा बस्ने सबै प्राणीहरू कति आकर्षक छन्
प्रकृतिलाई सृष्टि गर्ने प्रभु कति अद्वित्तीय छन् (२)
Verse
प्रभुमा सुम्पिएका जीवनहरू कति असाधारण छन्
प्रभुलाई मात्र पुज्ने जीवनहरू कति सन्तुष्टिमा छन्
हाम्रा परमेश्वर पिता, पुत्र, आत्मा कति अतुलनीय छन् (२)