KB · Hymns · #347
हृदय भेटी चढ़ाऔँ प्रभुलाई
F4/4
Chorus
हृदय भेटी चढ़ाऔँ प्रभुलाई, स्तुति जयगान पनि,
हामी सब सन्तगण मिली (२)
Verse
पापको भार उठाउन, आए ख्रीष्ट नरलोकमा (२)
पापी जन सबको पाप मेटाई (२), जीवन सनातन दिन ।
Verse
असाध्य दुःख उठाए, नम्र र दीन बनी (२)
खोली उद्धारको द्धार प्रभुजी (२), अमर आशा दिलाई ।
Verse
धन्य स्वर्गीय यो प्रेम, हामी अधर्मीप्रति (२)
नभूलौँ फेरि दुष्ट बनेर (२), संसारमा फेरि फर्की ।
Verse
समर्पण गर्छौं तपाईंलाई प्राण आत्मा हृदय पनि (२)
रक्षा गर्नुहोस् यो जीवनको (२), विनय छ हाम्रो यही ।