प्रभुजी क्षमा देऊ म जस्तो पापीलाई
G4/4
Chorus
[प्रभुजी क्षमा देऊ म जस्तो पापीलाई
(धेरै रुआए, धेरै रुआए तिमीलाई मेरो जीवनमा) (२)] २
Verse
पश्चात्तापी जीवन लिएर आउँदैछु तिमी कहाँ (२)
कति धोका दिए मैले आफ्नै स्वार्थलाई अङ्गाली
अपराधी छु, म यसैले तिम्रो प्रेम पाउने योग्य कहाँ
(म छुद्र पापीलाई क्षमा देऊ) (२), आफ्नै बनाउनोस् मलाई ।
Verse
जीवनको हरेक कदममा, चाहन्छु तिमीलाई (२)
सहारा देऊ प्रभु जीवनको दुर्गम गोरेटोमा
सम्हाली देऊ मेरो जीवन तिम्रो कोमल अङ्गालोमा
(दिनेछु प्रभु यो जीवन) (२) अर्पन्छु तिमीलाई ।