KB · Hymns · #816
येशू तपाईंलाई मेरो जीवन सुम्पि सकें
F4/4
Verse
(येशू तपाईंलाई मेरो जीवन सुम्पि सकें) (२)
तपाईंको गहिरो प्रेममा डुबिसकेँ ।
निश्चल निश्चल तपाईंको प्रेममा स्वर्गीय आनन्द छ ।
Verse
(पापीको पापलाई मेटाउनलाई यस संसारमा आउनुभयो) (२)
कति थुकाइ कति कुटाइ सहनु भो तपाईंले
तपाईंको त्यो अपार प्रेमको मोल म कसरी चुकाऊँ
Verse
(आशान्तिले भरिएको संसारमा शान्तिको सन्देश बोकी) (२)
हरपल हरक्षण उज्वल ज्योति बनिरहन सकौं
तपाईंको चोखो प्रेमको सन्देश प्रचार्न सकौं ।