KB · Choruses · #301
सम्मान होस् प्रभुको, यो मेरो इच्छा हो
सम्मान होस् प्रभुको, यो मेरो इच्छा हो, तपाईंको महिमा गाऊँ म हृदयले
सर्वस्वले तपाईंको प्रशंसा गर्न पाऊँ, मेरो आदर-सम्मान येशू तपाईं
प्रभु, मेरो यो हृदय-आत्मा तपाईंले लिई, तपाईं नै जिउनुहोस् ममा ।
मेरो ढुकढुकी र स्वास जीवनको हर पल प्रभुकै भइरहोस्
मेरो प्राण-आत्मा येशू तपाईंको, मेरो प्राण-आत्मा प्रभु तपाईंको ।