KB · Hymns · #691
भजन म गाउँछु प्रभु प्रशंसाले आज
D4/4
Chorus
भजन म गाउँछु प्रभु प्रशंसाले आज (२)
हरपल तिम्रो महिमा गाउँछु (२) तिर्सना लिएर
Verse
टुटेको छु नम्र बनेर केवल येशूमा आस्था राखेर (२)
दर्शन देऊ प्रभु अभिलाषी छु यो दु:खीको अर्जी सुनिदेऊ
हरपल तिम्रो महिमा गाउँछु (२) तिर्सना लिएर
Verse
अँजुलिभरि पश्चात्तापी आँसु पोखिरहेछु ख्रीष्टको चरणमा
विवशका गोरेटोहरूमा ख्रीष्टको मधुर आवाज सुन्न सकूँ म (२)
हरपल तिम्रो महिमा गाउँछु (२) तिर्सना लिएर