KB · Hymns · #641
आँखाको एक निमेषमा तुरहीको आखिर आवाजमा
Bm6/8
Chorus
आँखाको एक निमेषमा, तुरहीको आखिर आवाजमा
(बादलमा हामी उड़्नेछौ, येशूसँग हामी हुनेछौँ) (२)
Verse
ख्रीष्टमा मरेकाहरू पहिले जिइउठ्छन्, त्यसपछि जिउँदाहरू
(अविश्वासी र पापीहरू चाहिँ छोड़िन्छन् पछुताउँदै) (२)
Verse
पाँच बुद्धिमती कन्याहरूजस्तै, लिइ राखौँ फाल्तु तेल
(कुन बेला आउँछन् तिम्रा दुलहा, नसुत धेरै बेर) (२)
Verse
ढिलाउनेछैनन् तिम्रा प्रभुले भनेका छन् चाँड़ै आउँछु
(मृत्युसम्म नै विश्वासी होऊ, म तिमीलाई लैजान्छु) (२)