KB · Hymns · #125
जय होस् तपाईंको येशू गौरवमय पाउनुभो
D4/4Translated
Verse
जय होस् तपाईंको, येशू गौरवमय पाउनुभो’ अनन्त मृत्युमा विजय
चम्किलो स्वर्गदूतले ढुङ्गा पल्टाए, जहाँ तपाईंको लाश थियो, कात्रो मात्र थियो ।
Chorus
जय होस् तपाईंको, येशू गौरवमय पाउनुभो’ अनन्त मृत्युमा विजय
Verse
लौ जिउँदो येशू चिहानदेखि आई पाप र दुःख मेटाउँछन् भेटी हामीलाई
ख्रीष्टीय मण्डली गरोस् प्रभुको जय जय, हटिगयो सबलाई मृत्यु कालको भय ।
Verse
पूरो भरोसा राख्छौँ, तारणहार हे प्रतापी प्रभु, दिनुहोस् गोहार
जयवन्तभन्दा जयवन्त हामी सब बनौँ मृत्यु खोला तरी स्वर्गलोक पसौँ ।