KB · Hymns · #791
हामी जयवन्त येशू
G3/4
Chorus
हामी जयवन्त येशू साथ खुशीले उल्लसित भई
बाधाहरूको सामना गर्दै अघि बड़ौं । (२)
Verse
प्रयत्न गर्नमा कदापी अल्छी नहौं
आत्मिक उन्मतले सधैं भरिरहेका हौं । (२)
Verse
हाम्रा निम्ति यहाँ स्थायी नगर छैन
तर छौं प्रतिक्षामा स्वर्गीय त्यस नगरको । (२)
Verse
थोरै दिन पापमा रही सुख भोग्नु भन्दा
प्रभु येशूको निम्ति दुःख सहनु असल हो । (२)
Verse
संसारमा ख्रीष्टको निन्दा भोग्दै अघि बड़ौं
त्यही निन्दा नै एक दिन महिमाको मुकुट बन्छ ॥ (२)