KB · Hymns · #492
महिमाको प्रभु भरिरहेका
C4/4
Verse
महिमाको प्रभु भरिरहेका,
उज्यालोमा सधैँ बसिरहने
मान्छेको बीचमा जन्म लिनुभो’,
फेरि येशू संसारमा आउनेछन्
(येशू आउनेछन्) (२)
फेरि येशू संसारमा आउनेछन् ।
मान्छेको बीचमा जन्म लिनुभो’,
फेरि येशू संसारमा आउनेछन्
Verse
पृथ्वी, आकाशमा अट्न सकेन जो
मन्दिरमा तपाईं बस्न असम्भव
दीन भई गोठमा जन्म लिनुभो’ हाम्रो
मनमा तपाईंको मन्दिर बनाउनोस्
येशू मन्दिर बनाउनोस् (२)
हाम्रो मनमा तपाईंको मन्दिर बनाउनोस्
दीन भई गोठमा जन्म लिनुभो’ हाम्रो
मनमा तपाईंको मन्दिर बनाउनोस्
Verse
दानिएलको प्रार्थना तपाईंले सुन्नुभो’,
एज्रालाई पनि गोहार दिनुभो’
बाबेलमा जागृति पठाउनुभो’,
आफ्नो जनलाई फेरि मुक्ति दिनोस् ।
येशू मुक्ति दिनोस् (२)
आफ्ना जनलाई फेरि मुक्ति दिनोस्
बाबेलमा जागृति पठाउनुभो’,
आफ्ना जनलाई फेरि मुक्ति दिनोस् ।
Verse
तम्बुमा आएर दर्शन दिनोस्,
आफुकहाँ मान्छेहरूलाई फर्काउनोस्
देखाउनुहोस् आगो बादलमा फेरि येशू
आफ्नो शक्ति देखाउनुहोस्
येशू शक्ति देखाउनोस् (२)
फेरि येशू आफ्नो शक्ति देखाउनुहोस्
देखाउनुहोस् आगो र बादलमा फेरि
येशू आफ्नो शक्ति देखाउनुहोस्
Verse
हामीहरूको राजा तपाईं नै,
मुक्ति दिनसक्ने तपाईं मात्र,
संसारमा फेरि प्रभु आउनुहुनेछ,
प्यारो प्रभु येशू, छिट्टै आउनुहोस्,
येशू छिट्टै आउनुहोस् (२),
प्यारो प्रभु येशू, छिट्टै आउनुहोस्,
संसारमा फेरि प्रभु आउनुहुनेछ,
प्यारो प्रभु येशू, छिट्टै आउनुहोस् ।