KB · Hymns · #95
हिजोको दिन बितिगयो
D3/4
Chorus
हिजोको दिन बितिगयो, भोलि कहिले नआउला
आजको दिन जो हातमा छ, गर्छु प्रभुको प्रशंसा
Verse
अनुग्रह येशूको नदीझैँ बगिरहेको (२)
मेरो निम्ति प्रशस्त अनन्तसम्म पुग्नेछ ।
Verse
प्रेमको धारा येशूको सित्तैमा झरिरहेको (२)
हर दिन, हर रात थाहा गर्छु, मुटुभरि प्रेम चढ़ाउँछु
Verse
कोमल कृपा हजुरको झरनासरी बर्सिएको (२)
बुझी पूर्ण हृदयको तहदेखि प्यारो गर्छु ।