KB · Hymns · #745
बिना योजना प्रभु काम गर्दैनन्
Dm3/4Translated
Verse
बिना योजना प्रभु काम गर्दैनन्, आफ्नो दासको जाँच गर्दै पवित्र पार्छन्
धन्य भन प्रभुलाई परीक्षामा पनि, दिन्छन् रातमा संगीत उनी ।
Chorus
आनन्द गर प्रभुमा भूल गर्दैनन् उनले
मेरा हर मार्गका अन्त जान्दछन् उनले
परीक्षाद्वारा खारिएर, सुनझैं बनिनेछु ।
Verse
देख्न सकिन छायाँहरू पारि, बरू हेरें मेरा येशूको क्रूसमाथि
सुम्पें आफूलाई मालिकको इच्छामा, तब शान्ति बग्यो मनमा ।
Verse
परीक्षा माथिबाट आउँदो रहेछ, प्रभुले प्रेममा आफ्नालाई छाँट्नुहुन्छ
पिताको बुद्धि प्रेममा भर पर्दछु, छाँटिएर फलवन्त बन्छु ।