KB · Hymns · #836
येशू नै हाम्रो गोठालो हुन्
F6/8
Chorus
येशू नै हाम्रो गोठालो हुन्, येशू नै हाम्रो सहारा हुन्
उनैको कोमल अनुग्रहमा, यो जीवन विताइदेऊ यहाँ (२)
Verse
संसारको हाम्रो यात्रामा, वाधा विध्नहरू धेरै छन् (२)
लक्ष्यमा पुग्न हामीलाई, कठिनाइ धेरै सहनु पर्छ
यसर्थ हाम्रो इच्छाहरूलाई, उनैको हातमा सुम्पिदेऊ
उनैको निशिचत अगुवाइमा, यो जीवन जिउने प्रण गरौं ।
Verse
जिउँदो ख्रीष्टको सहारामा, वाधाहरूलाई झेल्न सकौं (२)
उनको आत्माको अगुवाइमा, लक्ष्यमा सजिलै पुग्न सकौं
हामी सबै एक भएर, उनैको महिमा गाइरहौं
जीवनको अन्तिम क्षणसम्म, उनको प्रशंसा गाइरहौं ।