KB · Hymns · #1
हल्लेलूयाह होसन्ना
A4/4
Chorus
हल्लेलूयाह होसन्ना हल्लेलूयाह (४)
Verse
परम पिताको स्तुति गाऔं, हामीलाई बचाउने उनै हुन्
सबै पापीलाई गर्छन् क्षमा, सबै रोगीलाई गर्छन् चङ्गा ।
Verse
धन्यवाद दिई उनको आसनमा, आनन्दित भई आऊ उनको चरणमा
सङ्गीत गाउँदै खुशीले मुक्तिको पहरामा जयजय गरौँ ।
Verse
उनै हुन् हाम्रा परम पिता, हामीलाई टिठाउँछन् सर्वसदा
कालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन् सदा ।
Verse
आमाले झैँ उनले शान्ति दिए, दुनियाँको डरमा छोडेनन् कैले
चोखो दूध वचनको पियाई, जीवन अमर दिए उनले ।
Verse
गोठालोले झैँ खोजी उनले निकाले पापको दलदलदेखि
प्राण त्यागी बचाए उनले, गराए सबलाई आफ्नै अनि ।
Verse
गुँड़लाई घरीघरी भत्काइदिए, सिकाए हामीलाई उड़्न आफै
पखेटामा उठाई उकाबले झैँ पारेनन् हामीलाई चोट कतै ।