KB · Hymns · #325
हे येशू तिम्रो प्रेम
C4/4
Chorus
हे येशू तिम्रो प्रेम, कति महान् छ आकाशको तारा, पर्वत समुद्र,
सबभन्दा महान् छ (२)
Verse
अगम्य आनन्दले हृदय भरपूर छ, प्रभुको कार्य नै धेरै नै महान् छ
हरेक साँझ, हरेक बिहान (स्तुतिको योग्य छ) (२) ...हे येशू तिम्रो प्रेम
Verse
संकटको समयमा जीवन निराश हुन्छ, हे ईश्वर पुकार्छु दया मलाई दर्शाऊ
बोलाउनभन्दा पहिला नै भन्छन् (म तिम्रो साथ छु) (२) ...हे येशू तिम्रो प्रेम
Verse
अन्धकार घाटीमा मलाई हिँड्नुछ, मृत्यु र जोखिमको धेरै नै यात्रा छ
गोठालो भई प्रभु डोर्याउनुहुन्छ (अनन्त साथी भई) (२) ...हे येशू तिम्रो प्रेम
Verse
घटी र कमीको मलाई केही डर छैन, हरियो चउरमा मलाई निर्धक्क छ,
भोजन-जलले तृप्त म हुन्छु (ख्रीष्ट मेरो साथ छन्) (२) ...हे येशू तिम्रो प्रेम
Verse
ईश्वरको भवनमा स्तुति सधैँ गर्छु, सम्पूर्ण हृदयले उनलाई सधैँ भज्छु,
स्तुति-प्रशंसाको योग्य परमेश्वर (हल्लेलूयाह आमिन्) (२) ...हे येशू तिम्रो प्रेम