KB · Hymns · #302
येशू प्यारो, तिमीबाहेक मेरो कोही छैन
G3/4
Chorus
येशू प्यारो, तिमीबाहेक मेरो कोही छैन,
मेरो अरू कोही छैन
Verse
आफ्ना वचनका खर्कमा मलाई लैजाऊ,
मेरो प्यारा गोठाला
जीवनको पानीमा डोर्याऊ,
मलाई आराम अरू कहीँ छैन ।
Verse
जब म भर्मन्छु यस दुनियाँमा,
मलाई छुड़ाऊ, हे प्यारा गोठाला
काँधमा लिई सत्य पथमा हिँड़ाऊ,
मेरो अरू साथी छैन ।
Verse
मृत्यु छायाको तराईमा जब जानेछु,
साथ होऊ प्यारा गोठाला
तपाईंको लाठीले म शान्ति पाऊँ
मलाई फेरि केही हुन्न डर ।
Verse
जंगली जनावरदेखि रक्षा गर मलाई,
चराउँदै, डोर्याउँदै हे प्रभु
तेल मेरो शिरमा भरपूरी खनाऊ,
मेरो प्याला भरपूरी होस् ।
Verse
पवित्र घरमा राख्नुहोस् मलाई,
दया अनुग्रहले भरपूर गर्दै
मेरै हो सब थोक, हे प्यारो प्रभु,
मेरो अरू कोही छैन ।