KB · Hymns · #385
दिनमा बादलको खाँबो बनी
D4/4
Verse
दिनमा बादलको खाँबो बनी, रातमा आगोको ज्वाला बनी
रक्षा गर्यौ हामीलाई (प्रभुजी, सुख-शान्तिमा बिते दिन) (२)
Chorus
धन्य, धन्य, धन्य प्रभुलाई जो दिनुभयो हामीलाइ
छत्रछायामा लुकाई, (प्रभुजी, दिन-रात हर समयमा) (२)
Verse
वचनको मन्न दिनुभयो, चट्टान फुटाई पानी दियौ
आत्मामा भई हामीलाई, (प्रभुजी, तिम्रो बाटोमा डोर्यायौ) (२)
Verse
यो नयाँ सुन्दर सालमा पनि प्राण, आत्मा, शरीर, हृदय पनि
रक्षा गरिदिनुहोस्, प्रभुजी, (गरिदेऊ आत्मिक उन्नति) (२)
Verse
स्वर्ग देशमा पुग्न पाऊँ, अनन्त भजन सुनाउन पाऊँ
सधैँ शरण परेर, प्रभुजी, (साष्टाङ्ग प्रणाम् गर्न पाऊँ) (२)