KB · Hymns · #207
हरेक विश्वासी, गरौँ प्रचार
C6/8
Verse
हरेक विश्वासी, गरौँ प्रचार, सबै ठाउँमा गरौँ यो सुसमाचार
पापी मानिस सबले सुनोस् बारम्बार येशूकहाँ सबै आऊ ।
Chorus
येशू सबैलाई ग्रहण गर्नेछन्
देश-विदेशका मानिस सबलाई निम्तो छ
कुनै पाराले निकालिने छैन येशूकहाँ सबै आऊ
Verse
हरेक आउने मानिस ढिलो नगरौँ, खुल्ला छ यो फाटक, बाहिर नबसौँ
यो मुक्तिको पथमा आफ्ना पाउ राखौँ येशूकहाँ सबै आऊ ।
Verse
यदि मुक्ति खोज्छौ, येशूलाई मान, मान्छैको बचाउँछन् उनले मात्र प्राण
उनमा विश्वास गरौँ, पाउँछौँ उनमा त्राण येशूकहाँ सबै आऊ ।