KB · Hymns · #440
अनन्तको त्यो राज्यमा जानलाई होऔँ तयार
G3/4
Chorus
अनन्तको त्यो राज्यमा जानलाई होऔँ तयार
शैतानले अवश्य बाधा नै दिन्छ प्रार्थनामा लागिरहौँ
Verse
कस्तो छ होला, अनन्तको राज्य वर्णन गर्न नै सक्दैनौँ
कस्तो होला, ज्योतिको किरण थाहा पाउन नै सक्दैनौँ ।
Verse
दूतगण सबैले गर्दै नै होला, प्रभुको जय-जयगान
अनेकौँ ध्वनि बज्दै नै होला, ईश्वरको प्रेमिलो जन ।
Verse
अब्राहाम, इसहाक, याकूबले हामीलाई पर्खंदै होलान् वहाँ
कहिले पो आउँछ, अनन्त ठाउँमा भन्दै ईश्वरसँग वहाँ ।
Verse
हामी रमाऔँ खुशी भएर वहाँको जयगान गरौँ
किनकि थुमा आफै नै वहाँ दुलहा बनिरहेका ।