KB · Hymns · #172
आऊ सबै दाज्यू भाइ ख्रीष्टकै गुण गाऔँ
C4/4
Chorus
आऊ सबै दाज्यू-भाइ, ख्रीष्टकै गुण गाऔँ
Verse
हाम्रो पापको साटो उनी भए पाठो
कत्रो प्रेम र कत्रो दया हामीमाथि गरे ।
आऊ सबै दाज्यू-भाइ ख्रीष्टकै गुण गाऔँ ।
Verse
ख्रीष्टियान दाज्यू, ख्रीष्टयान बहिनी, ख्रीष्ट हुन् हाम्रा साथी
स्वर्गलोकमा पुर्याउने, मृत्युपारि तारी
आऊ सबै दाज्यू-भाइ, ख्रीष्टलाई पछ्याऔँ ।
Verse
जति भयो घटी हाम्रो, उनलाई सबै मनाऔँ
पापलाई लुकाई नरकुण्डको भागी कैले नहोऔँ
आऊ सबै दाज्यू-भाइ स्वर्गमा जाऔँ ।