KB · Hymns · #217
येशूलाई क्रूसमाथि सब हेर
G4/4
Verse
येशूलाई क्रूसमाथि सब हेर, हाम्रो दुःख उसैले बोकेर
डाक्दैछन् सबलाई प्रेम गरेर, येशूलाई हेर ।
Chorus
येशूलाई हेर, हेर त जिउनेछौ
येशूलाई क्रूसमाथि सब हेर, येशूलाई हेर
Verse
पापको बोझालाई उतार्नेछन्, अमर जीवन पाउने पार्नेछन्
मृत्यु नदीदेखि तार्नेछन्, येशूलाई हेर ।
Verse
चिहानदेखि प्रभु बौरेछन्, बढ़ाऔँ सबै जब बेला छ
उनको शक्तिले शोक दूर गर्छन्, येशूलाई हेर ।
Verse
येशू स्वर्गलोकमा बस्दछन्, पापीको सब दुःखलाई जान्दछन् ।
साँच्ची नै प्रभुले डाक्दैछन्, येशूलाई हेर ।