KB · Hymns · #486
यो सुनाऔँ किन येशूले
C3/4
Verse
यो सुनाऔँ किन येशूले ग्रहण गर्छन् पापीलाई
स्वर्गीय मार्गमा लड़्ने बाटो भुल्ने यात्रीलाई ।
Chorus
हामी गाऔँ निरन्तर, गाऔँ, पापीलाई ग्रहण गर्छन्
सुसमाचार प्रष्ट सुनाऔँ, येशूले बचाउँदछन्
Verse
ख्रीष्टको वचन अप्नाई आराम पाउँछौँ हामीले
सबैभन्दा दुष्टलाई ग्रहण गर्छन् येशूले ।
Verse
मलाई ख्रीष्टले शुद्ध पारी ऋण चुकाए व्यवस्थाको
अब ठहरिन्छु निर्दोष सामुन्नेमा परमेश्वरको ।
Verse
येशूले गर्छन् ग्रहण पापी सब, मलाई पनि,
स्वर्ग जान्छु उनकहाँ, शुद्ध भई पापदेखि ।