KB · Hymns · #24
बेथलेहेमको त्यो शून्य रात
G4/4
Verse
बेथलेहेमको त्यो शून्य-रात, उदेकको हाम्रो नाथ (गरीबी छानी, तुच्छ नमानी) (२)
पस्रिनुभयो डुँड़ैमा, धन्य परमेश्वरको प्यार ।
Chorus
आनन्द मनाऊ, खुशी मनाऊ, भए ख्रीष्ट अवतार
गराउन मृत्यु पार, पापदेखि बचाउ संसार
Verse
त्यागेर स्वर्गैको सुख, उठाउन हाम्रो दुःख, (आउनुभो’ पाठो हाम्रो साटो) (२)
हुनलाई महा बलिदान, धन्य यो सित्तैको दान ।
Verse
सुनन हे बहिनी-भाइ, चाहन्छन् ख्रीष्ट आउनलाई (गोठरूपी यो तुच्छ हृदयमा) (२)
खोलन हृदयको द्वार, निश्चय हुन्छौ मृत्युपार ।