KB · Hymns · #59
संसारलाई पापमा फसेको देखी
D6/8
Chorus
संसारलाई पापमा फसेको देखी प्रभु आए संसारको उद्धार गर्न भनी
Verse
सुख-चैन र स्वर्ग भनी स्वर्ग राज्यलाई त्यागेर (२)
जन्म लिए गोठैमा (२) बिताए जीवन दुखमा (२)
हामी जस्ता पापीलाई बचाउनलाई प्रभु आए संसारमा उद्धार गर्न भनी ।
Verse
दुःख कस्तो सही-सही प्रचार गरी हिँड़े, हाई-हाई (२)
रोगी, नाङ्गा, भोकाहरूलाई चैन, आनन्द दिँदै
अन्धालाई ज्योति दिएर (२) मृतकलाई जीवन दिएर (२)
Verse
हात-पाउमा काँटी ठोकी क्रूसमा उनलाई मारे, हाई-हाई (२)
शिरमा काँडे मुकुट पहिराई रक्तधारा बगाए क्रूसमा बलि भएर (२)
पवित्र रगत दिएर (२) उद्धार गरे हामी सबलाई अति कष्ट सहेर
मुक्ति निश्चय पाउँछौ जति आउँछन् विश्वास गरेर ।