KB · Hymns · #87
जयजय येशू
F4/4
Chorus
जयजय येशू (२) मृत्युमाथि जय, जयजयकार
सृजनहार, पालनहार, तारणहार जयजय येशू (२)
Verse
दुःखीको दुःख हरनेवाला हृदयमा शान्ति दिनेवाला
जय सब भन, दुःख मेटियो, जयजयकार सृजनाहार ।
Verse
मनुष्य स्वरूप धारण गरी नीच गरीबलाई दिनुभो’ छुटकारा
जयजय त्राता, जय सुखदाता जयजयकार ।
Verse
मृत्यु बन्धन तोड़्नेवाला, सबै जीवन दिनेवाला
रोगी अशान्तिको एक आधार जयजयकार ।
Verse
जयजयकार गरौँ सबै प्यार नर-नारी एकसँग पुकार
नारा लगाऊ जयजयकार, जयजयकार ।