KB · Hymns · #629
अशान्तिमा जिउँनेहरू ख्रीष्टले तिमीलाई खोजिरहेछन्
C4/4
Chorus
अशान्तिमा जिउँनेहरू (ख्रीष्टले तिमीलाई खोजिरहेछन्) (२)
(अशान्तिमा शान्ति दिन बोलाइरहेछ) (२)
Verse
टाढ़ा भागी नजाउ ख्रीष्टको प्रेमदेखि
ख्रीष्टले तिमीलाई बिर्सन सक्दैँन (२)
(आकाशभन्दा टाढ़ो छ तिमी प्रति ख्रीष्टको प्रेम
सागर भन्दा गहिरो छ तिमी प्रति उनको प्रेम) (२)
Verse
संसारमा रहुँन्जेल माया गर्छन् धेरैले
एक दिन मरेपछि माया गर्छन् कसले (२)
(संसारको आफन्तले रुँदै विदा देलान्
छैनन् कोही ख्रीष्ट बाहेक माया गर्ने तिमीलाई) (२)