KB · Hymns · #262
जीवनदाता विधाता आउँदछु तिम्रो शरणमा
C2/2
Chorus
जीवनदाता विधाता, आउँदछु तिम्रो शरणमा
पर्दछु येशू शरण, जीवनदाता विधाता
Verse
क्लोशित पापी यो अन्धकार भवमा (२) (भट्किरहेछु पापी जीवनमा
दूर तिमीदेखि भएँ, पापको पथमा कदम बढ़ाएँ) (२)
परिणाम ठोकर खाएँ, पिता पछताउँदै शरणमा तिम्रो म आएँ ।
Verse
तिमी करुणामय पिता म अधर्म (२) (दीन, दुहाई मेरो प्रभु सुनिलेऊ
रक्षा जीवनको गरिदेऊ धोई प्रभु तिम्रो रगतले) (२)
योग्य पात्र बनाइलेऊ, पिता निवेदन, हृदयको मेरो सुनिदेऊ ।