KB · Hymns · #150
जीवनको त्यो रोटी भाँचेर देऊ
C4/4Translated
Verse
जीवनको त्यो रोटी भाँचेर देऊ,
जसरी भाँच्नुभो’ समुद्रछेउ
पवित्र पुस्तकमा खोज गर्दछु,
छु खोजी तपाईंकै, हे प्राण प्रभु
Verse
जीवनको त्यो रोटी मलाई जुरोस्
तपाईंको त्यो वचन मनमा बसोस्
र सुध्रोस् मेरो मन, हुँ परस्वार्थी,
सब मेरो बेहोरा तपाईंमाथि ।
Verse
त्यो बचन खोलिदेऊ, म देख्न पाऊँ,
त्यो वचन खोलिदेऊ, म बुझ्न पाऊँ
तपाईंको सङ्गतमा सँगै हिँड़्दै,
ममा तपाईंको रूप प्रकाश हुँदै ।
Verse
प्रभु सत्य अवतार, आशीर्वाद देऊ,
जसरी जोटीमा गालीलको छेउ
तब बन्धन छुट्ला साँगलो भाँची,
शान्ति तब पाऊँल सत्य शान्ति ।