KB · Hymns · #555
भागिसकेछु अब त धेरैचोटि
G
Chorus
भागिसकेछु अब त धेरैचोटि,
धेरै-धेरै नै थाकिसकेछु अब त धेरैचोटि,
(धेरै-धेरै नै येशूलाई हेरेर फेरि उठ्छु,
फेरि त्यो दौड़ दौड़न्छु) (२)
Verse
(आफैलाई हेर्दा निराश हुन्छु,
मानिसलाई हेर्दा पनि) (२)
तर जब येशू, तपाईंलाई हेर्छु नयाँ शक्ति
र नयाँ आशा पाउँछु ।
Verse
(कहिलेकहीं लाग्छ जीवन के हो ?
किन यति गाह्रो हुन्छ ?) (२)
तर जब येशू, तपाईंको नजीक आउँछु,
जीवनको अर्थ थाहा गर्छु ।