प्राण भएसम्म विश्वास रहे तब
C4/4
Chorus
प्राण भएसम्म विश्वास रहे तब
म तिमीलाई जीवनको मुकुट निश्चय दिनेछु ।
Verse
स्वर्गको राज्य नजीक आएको छ पाप-मार्गदेखि हृदयलाई फिराऊ
मनोहर देशमा स्थापित यो राज्य युग-युगसम्म रहनेछ,
प्रभुको पथमा प्रेमपूर्वक हिँड़ी त्यस राज्यलाई अनि मुकुटलाई पाऊँ ।
Verse
ए सानु झुण्ड भयभीत नहोऊ, प्रभुको शुभेच्छा छ राज्य दिने
केवल तिमीले प्रभुलाई मनपर्दो सुन्दर चोखो जीवन बिताऊ
विजयी जीवन प्रतिदिन जिई प्रतिज्ञाको राज्य अनि मुकुटलाई पाई ।