KB · Hymns · #423
को हो छिमेकी
Em6/8
Chorus
को हो छिमेकी (२),
किस्सा येशूको दोहोर्याउँछु नि
Verse
बाटोमा जाने बेपारीलाई चोरहरूले भेटे
कुटिपिटी बेहोस् पारी धन सम्पत्ति लुटे
आफ्नै रगतमा लट्पटिएका बेपारीलाई देखी
पुरोहित र धर्म-गुरु हिँड़े बाटो तर्की ।
Verse
सानो जातको सामरीले बेपारीलाई देखे
चोट-पटक धोएर घाउहरू बाँधे ।
रोगीलाई उठाएर पशुमाथि राखे ।
चोर-डाँकुको ख्याल नमानी आफ्नो बाटो लागे ।
Verse
सामरी र रोगी व्यक्ति जसै पाटी पुगे
पाटीदारको हातमा तिनलाई जिम्मा लाए
केही खर्च दिएर बेपारीलाई भने
फर्की आउँदा तिरौँला म खर्च अरू लागे ।