KB · Hymns · #736
यदि कोही ख्रीष्टमा छ भने, त्यो नयाँ सृष्टि हुन्छ
Chorus
यदि कोही ख्रीष्टमा छ भने, त्यो नयाँ सृष्टि हुन्छ (२)
पूराना कुरा बितेर जान्छ, त्यो नयाँ भई हाल्छ
यही सन्देश छ सबैलाई, आजदेखि उसो सदालाई ।
Verse
सुन्दर जीवन र उज्वल भविष्य, हेर्न चाहनेहरू हो
आफ्ना सबै इच्छा र उद्देश्य पहिला प्रभुलाई सुम्पिदेऊ
तिम्रा आकांक्षाहरू सबै, उनले तब पूरा गर्छन् (२)
Verse
तिमीले देखेका हर सपनाहरू, प्रभुको निम्ति साकार होस्
तिमीले रचेका हर पल तिमीमा प्रभुको निम्ति स्तुति होस्
यही कामना छ सबैलाई, आजदेखि उसो सदालाई (२)