KB · Hymns · #485
कलवरी डाँड़ाको क्रूसैमा
D4/4
Chorus
कलवरी डाँड़ाको क्रूसैमा येशूले आफ्नो प्राण दिए
तिम्रो र मेरो पाप धुन, चोट सही रगत बगाए (२)
Verse
नठान उनी केवल मरे, बौरेर फेरि पनि उठे
रोक्न सकेन चिहानले, जित्न सकेन मृत्युले (२)
Verse
मृत्यु र पापको डर छैन, विश्वास गर येशूमा
स्वर्गको बाटो येशू नै हो, सुम्पिदेऊ जीवन उनैमा (२)