KB · Hymns · #242
लौ दाज्यू सुनन लौ बहिनी सुनन
G4/4
Chorus
लौ दाज्यू सुनन, लौ बहिनी सुनन, येशूको वचन
मनैमा गुनन, बुझिराख हृदयमा, चिनिराख येशूलाई (२)
Verse
कलवरी डाँड़ामा त्यो एउटै क्रूसैमा (२)
मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा
त्यो मुक्ति तिम्रैलागि हो । ओ (२)
Verse
जीवन हाम्रो छोटो छ है, लामो जीवन येशूमा (२)
बुझिराख आज नै, नत्र भोलि समय छैन
हाम्रो येशू आउनै लागेछन् । ओ (२)